
पूर्व राष्ट्रपति डा. रामवरण यादवले संसद, न्यायलय लगाएतका क्षेत्रमा देखिएका समस्या समाधानका लागी राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा ‘मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संविधानमाथि पटक पटक आक्रमण भएको र संसद, न्यायलय लगाएतका क्षेत्रमा समस्या देखिएको भन्दै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताउनुभएको हो । उहाले दुई पटक संसद बिघटन गरेर संविधानमाथि आक्रमण भएको र पाँच राजनीतिक दल, नागरिक समाज र अदालतले संविधान जोगाएको उल्लेख गर्नुभयो । उहाले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई मजबुद बनाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेतृत्वमा पुग्नेले सत्ता दुरुपयोग गर्ने प्रवृति अन्त्य नभएसम्म मुलुकको बिकास हुन नसक्ने बताउनुभयो । निरंकुश नेतृत्वलाई अन्त्य गर्न जनतामा चेतना आवश्यक रहेको उहाको भनाई छ ।
उहाले मुलुकको तीन खम्वे अर्थनीतिलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने धारणा पनि राख्नुभयो । चन्द्रदेव जोशीद्वारा लिखित उक्त पुस्तक इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको हो ।