August 10, 2022

संसद र अदालतमा देखिएको गतिरोध अन्त्य गर्न आफू केन्द्रित हुने

Speaker Agni Sapkota to consult former speakers today - Khabarhub Khabarhub

सभामुख अग्निप्रसाद सापकोटाले संसद र अदालतमा देखिएको गतिरोध अन्त्य गर्न आफू केन्द्रित हुने बताउनुभएको छ । अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४३ औँ सम्मेलनमा भाग लिई बिहीबार स्वदेश फर्कनुभएका सभामुख सापकोटाले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सर्वदलीय बैठक र अरु बैठक गरेर समस्या समाधानका उपाय खोज्नका लागि आफू केन्द्रित हुने बताउनुभएको हो । त्यस्तै सभामुख सापकोटाले आइपियु सम्मेलनमा नेपालको सहभागिता बहुआयामिक हिसाबले महत्वपूर्ण रहेको र सम्मेलनले दूरगामी महत्वको निष्कर्ष निकालेको जानकारी दिनुभयो । संविधान निर्माणपछि नेपाल लोकतान्त्रिक मार्गमा निरन्तर अघि बढिरहेको मुलुकका रुपमा अन्तर्राष्ट्रिय जगतले लिएको आफूले पाएको उहाँले बताउनुभयो ।

स्पेनको म्याड्रिडमा गत नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही मङ्सिर ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो । सम्मेलनका क्रममा सभामुख सापकोटाले आइपियु सभा तथा असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.