November 30, 2023

संसद विघटनको मुद्धामा सर्बोच्च अदालतले न्याय दिने

नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले संसद विघटनको मुद्धामा सर्बोच्च अदालतले न्याय दिने बताउनुभएको छ ।पञ्चायतको कालो दिनमा पनि अदालतले न्याय दिएको स्मरण गर्दै उहाले संसद बिघटनको मुद्धामा सर्बोच्च अदालतले न्याय दिने बताउनुभएको हो । आइतबार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपव्याख्या गर्दै निर्वाचनको नाटक गरेको उल्लेख गर्दै सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको जिकिर गर्नुभयो ।

अहिले संविधान नै ठिक ठाँउमा नराखेको भन्दै उहाले चूनावको कुनै अर्थ नहुने बताउनुभयो । रिजालले संविधान ठिक ठाँउमा भएपछि मात्रै चुनावमा कांग्रेस चुनावमा जाने जानकारी दिनुभयो ।लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *