October 16, 2021

संस्कृति समाज नेपाललको अगुवाईमा बिहीबार काठमाडौं प्रदर्शन

देशलाई राजसंस्थासहितको हिन्दूराष्ट्र बनाउन माग गर्दै सनातन संस्कृति समाज नेपाललको अगुवाईमा बिहीबार काठमाडौं प्रदर्शन गरिएको छ ।काठमाडौंको माइतिघरबाट सुरु भएका प्रदर्शन बानेश्वर पुगेर समापन भएको थियो । सर्व धर्म सभभाव सनातन संस्कृतिसहितको वैदिक सनातन हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने समाजको माग छ ।

प्रदर्शनमा सहभागीहरुले ७४ प्रतिशत ओमकार परिवार बस्ने नेपालमा हिन्दूराष्ट्रको विकल्प नभएको बताएका थिए ।समृद्ध नेपालको लागि हिन्दुराष्ट्रसहितको राजसंस्थाको आवश्यक रहेको उनीहरुको भनाई छ ।नेपालमा हिन्दुराष्ट्र र राजतन्त्रको माग गर्दे निरन्तर प्रदर्शन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.