December 1, 2023

सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

Oli's foreign policy priorities and challenges-Asian Institute of Diplomacy  and International Affairs

प्रधानमन्त्री केपी शर्मा ओलीले सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती दिनुभएको छ ।१११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले संसदमा अध्यादेश पेश गर्न नदिएकामा आक्रोश व्यक्त गर्दै सक्ने भए फेल गरेर देखाउन चुनौती दिनुभयो । प्रधानमन्त्री ओलीले संसदमा गज्जबको सेटिङ देखिएको समेत बताउनुभयो ।उहाले संसदमा यस्तै रडाको हुन्छ भनेरै आफूले प्रतिनिधि सभा विघटन गरेको तर्क गर्नुभयो । त्यस्तै उहाले सर्वोच्च अदालतमा गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्न सुझाव पनि दिनुभयो ।

प्रधानमन्त्री ओलीले केही मान्छेले अदालतले भनेको पनि नसुन्ने गरेको आरोप समेत लगाउनुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले पुनःस्थापित संसदमा देशका समस्याबारेमा छलफल हुन पाउनेपर्ने भए पनि आइतबार त्यस्तो अवस्था नभएको जिकिर गर्नुभयो ।प्रधानमन्त्री ओलीले एसिड आक्रमणकारीविरुद्ध अध्यादेशविरुद्ध कडा कानुन ल्याउँदा पनि केहीले विरोध गरेको गुनासो गर्नुभयो । अहिलेको सरकार समाजिक न्याय र समानताका लागि प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *