August 2, 2021

सडक मार्गसंगै सूचनामार्ग निर्माण गर्नुपर्ने : पार्वत गुरुङ

Announcing polls cannot be unconstitutional, says Minister Parbat Gurung -  The Himalayan Times - Nepal's No.1 English Daily Newspaper | Nepal News,  Latest Politics, Business, World, Sports, Entertainment, Travel, Life Style  News

सञ्चर तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सडक मार्गसंगै सूचनामार्ग निर्माण गर्नुपर्ने बताउनुभएको छ ।दूरसञ्चार सेवाको पहुँच, प्रवाह तथा गुणस्तर सम्बन्धी विहिबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विगतमा सडक मार्ग निर्माण गरेपनि अब सूचना मार्ग निर्माण गर्न ढिला भइसकेको बताउनुभएको हो । मन्त्री गुरुङले सडक, खानेपानी, अस्पतालको विकासमा केन्द्रीत भएका सांसदहरुलाई सूचना प्रविधिको विकासमा केन्द्रत हुन आह्वान गर्नुभयो ।

सूचना प्रविधिको विकास विना विश्वलाई पहिचान गर्न नसकिने भएकाले सूचना प्रविधिको विकासलाई प्राथकितामा राखेर काम गर्नुपर्ने मन्त्री गुरुङको जोड थियो । उहाले कार्य सम्पादन गर्दा पार्दशीतालाई सधै आत्मसात गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । कार्यक्रममा सांसदहरुले आफ्नो क्षेत्रका समस्याहरु सञ्चारमन्त्री गरुङलाई दर्शाएका थिए । उनीहरुले विभिन्न समयमा आफुहरुले बनाएका योजनाहरुले सार्थकता नपाएको भन्दै गुनासो समेत गरेको थिए ।

Leave a Reply

Your email address will not be published.