December 5, 2023

सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई अघि बढाउने निर्णय

सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुटारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने प्रस्ताव गर्नुभएको र यसलाई अघि बढाउने निर्णय भएको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । उहाले केही प्रक्रियाहरु पुरा गरेर उक्त बिधेयक चाडै सदनमा पेश गर्ने बताउनुभयो । बैठकले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने निर्णय गरेको उहाले जानकारी दिनुभयो । बैठकमा महंगीका बारेमा पनि छलफल भएको र यसलाई नियन्त्रण गर्न थप छलफल गर्ने कार्कीले बताउनुभयो ।

बैठकमा मन्त्रिपरिषद हेरफेरका बारेमा भने कुनै छलफल नभएको कार्कीले बताउनुभयो ।

One thought on “सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई अघि बढाउने निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *