May 20, 2024

सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल

अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो । सो क्रममा एमसीसीलाई यथावस्थामा पारित गर्न नहुनेमा एकमत रहेको समाजवादीका नेता झलनाथ खनालले बताउनुभयो । उहाले संशोधनबिना एमसीसी स्वीकार्य नहुने र यसमा माओवादी र समाजवादीको एकै धारणा रहेको जिकिर गर्नुभयो । त्यस्तै माओवादी नेता देव गुरुङले अहिलेको अवस्थामा एमसीसीका बारेमा सदनमा छलफल गर्ने अवस्था नरहेको बताउनुभयो । सदन अवरुद्ध भएकाले छलफल गर्न चूनौति देखिएकाले सदनलाई सूचारु गर्ने वातावरण बनाएर नै छलफल गर्नुपर्ने उहाको भनाई छ ।

यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए । जसपाभित्र पनि एमसीसीका बारेमा मतभेद छ ।

One thought on “सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल

  1. Wow, incredible blog structure! How long have you
    ever been running a blog for? you made running a blog look easy.
    The entire look of your site is magnificent, as smartly as
    the content! You can see similar here sklep online

Leave a Reply

Your email address will not be published. Required fields are marked *