December 5, 2023

सत्ता गठबन्धनमा कुनै समस्या नरहेको र पुरै समय चल्ने

KP Sharma Oli out, SC orders Sher Bahadur Deuba to be made PM - Times of  India

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन पूरै समय रहने बताउनुभएको छ ।संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर बिहीबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री देउवाले बिमानस्थलमा संचारकमीसंगै कुरा गर्दै गठबन्धनमा कुनै समस्या नरहेको र पुरै समय चल्ने बताउनुभएको हो । प्रधानमन्त्री देउवाले कोप सम्मेलनका दौरानमा छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकका नेताहरुसँग महत्वपूर्ण विषयमा छलफल भएको जानकारी दिनुभयो । भारतमा समेत युरिया मल अभाव रहेका बेला पनि नेपाललाई भारतले मल दिएर सहयोग गरेकोप्रति धन्यवाद दिएको उहाले बताउनुभयो ।सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि नेपालको सम्बन्धका बारेमा संक्षिप्त कुराकानी भएको प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो । जलवायु परिवर्तनको जोखिमको बढी असर नेपालमा परेको र बाढी, पहिरोजन्य विपद्का घटना बढेकोप्रति ध्यानकर्षण गराउँदा अन्य मुलुकले चासो लिएको उहाले बताउनुभयो । त्यस्तै उहाले समकक्षी भारतीय प्रधानमन्त्रीसँग नेपाल भ्रमणबारे कुराकानी भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी)का उपकार्यकारी प्रमुखसँग भएको भेटघाटका क्रममा नेपाल एमसिसीको पक्षमा रहेको र आवश्यक प्रक्रिया पूरा गरेर यसलाई चाँडै टुङगो लगाउने भन्ने विषयमा कुराकानी भएको जानकारी पनि दिनुभयो ।प्रधानमन्त्री देउवा कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वदेश फर्कनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *