February 1, 2023

सत्ता गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोेर बनाउन खोजेको आरोप:केपी शर्मा ओली

Meeting with PM Oli restricted - The Himalayan Times - Nepal's No.1 English  Daily Newspaper | Nepal News, Latest Politics, Business, World, Sports,  Entertainment, Travel, Life Style News

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोेर बनाउन खोजेको आरोप लगाउनुभएको छ । एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले सत्ता गठबन्धनले मुलुकका लागि नभएर सत्ता स्वार्थका लागि एकता गरेको भन्दै गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोेर बनाउन खोजेको आरोप लगाउनुभएको हो । ओलीले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि आफ्नो सरकारमाथि अदालत प्रयोग भएको टिप्पणी गर्नुभयो ।

अब पनि अनेक प्रतिगामी परमादेश आउन सक्ने भन्दै उहाले एमालेले मुलुक र लोकतन्त्रलाई तलमाथि हुन नदिने बताउनुभयो । एमाले नभएको भए १७ साल दोहरिने खतरा देखिएको उहाले तर्क गर्नुभयो । उहाले एमालेका लागि सरकार नभएर मुलुक पहिला प्राथमिकता भएको स्पष्ट पार्नुभयो ।एमाले अध्यक्ष ओलीले बाबुराम भट्टराई भूमिगत हुदा उनका छोराछोरी बेलायत पढ्न गएको भन्दै आम्दानी र भिसाका बिषयमा प्रश्न उठाउनुभएको थियो । उहाले अहिले बिभिन्न स्थानमा एमाले प्रवेश गर्नेको लहर चलेको भन्दै एमाले अव शसक्त भएर अघि बढ्ने दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.