November 22, 2022

सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप २ दिन अनुमतिका लागि समय थपेको हो । सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको आग्रहमा थप दुई दिनको म्याद थपिएको बताउनुभयो । उहाले प्रहरीको अनुसन्धान प्रक्रिया सुस्त भएको आफूहरुको बुझाइ रहेको पनि बताउनुभयो । घिमिरेले सन्दीपको स्वास्थ्यअवस्था राम्रो रहेको जानकारी दिनुभयो ।

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । त्यसपछि उनलाई म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.