May 21, 2024

सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Sandeep Lamichhane Profile - ICC Ranking, Age, Career Info & Stats -  Cricbuzz

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै सन्दीपलाई थप हिरासतमा राख्न बुधबार काठमाडौं जिल्ला अदालतसँग तेस्रो पटक म्याद थपका लागि अनुमति मागेको थियो । अदालतले घटनाको अनुसन्धानका लागि सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिनुभयो । प्रहरीले सात दिनको म्याद माग गरेपनि अदालतले थप चार दिनको म्याद दिएको र आइतबार प्रहरीलाई प्रतिवेदनसहित उपस्थित हुन भनिएको उहाँले बताउनुभयो ।यसअघि जिल्ला अदालत काठमाडौंले सन्दीपमाथि असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको थियो । त्यसपछि असोज २७ गते अदालतले दोस्रो पटक ५ दिन म्याद थप गरेको थियो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी असोज २४ गते अदालतमा उपस्थित गराएको थियो ।

ती नाबालिगले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *