June 24, 2024

सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति

बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिनुभयो । अदालतमा प्रहरीले ७ दिनको म्याद थप माग गरेको थियो भने उनका वकिलले तीन दिनको म्याद थप गर्न माग गरेका थिए । बयान लिने क्रम पनि झण्डै आधा सकिएकाले अनुसन्धानमा लामो समय लिनु भनेको प्रहरीका लागि राम्रो नहुने अधिवक्ता घिमिरेले बताउनुभयो । उहाले अदालतमा सूर्यबहादुर थापाको बेन्चले ५ दिनको समय थपेको र कार्तिक १ गते फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न सकिने बताउनुभयो ।

यसअघि अदालतले ७ दिनका लागि म्याद थप गरेको थियो । गत भदौ २१ मा एक नाबालिगले सन्दीपविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

6 thoughts on “सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति

  1. Hi there! Do you know if they make any plugins to assist with SEO?
    I’m trying to get my blog to rank for some targeted keywords but I’m not seeing very good gains.
    If you know of any please share. Cheers! You can read similar article here:
    E-commerce

  2. Hi! Do you know if they make any plugins to help with Search Engine Optimization? I’m trying to get my
    blog to rank for some targeted keywords but I’m
    not seeing very good gains. If you know of any please share.
    Cheers! You can read similar blog here: Sklep online

Leave a Reply

Your email address will not be published. Required fields are marked *