October 9, 2021

सपिङ्ग मलमा आगलागी हुदा करोडौको क्षति भएको

जनकपुरधामको शिवचोकस्थित एक सपिङ्ग मलमा आगलागी हुदा करोडौको क्षति भएको छ । रोल….शिवचोकस्थित मिथिला डिपार्टमेन्टल स्टोरमा बिहीबार बिहान करिब ११ बजेको समयमा आगलागी भएको र आगलागीबाट २ करोड ५० लाख वरावरको क्षति भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारि अनुसार विद्युत सर्किट सर्ट भई आगो सल्केको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाको बारुण यन्त्र बिग्रेको अवस्थामा रहेकोले आगो नियन्त्रणका लागि धनुषाधाम नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, जनकपुरधाम एयरपोर्ट र महोत्तरीको जलेश्वरबाट बारुण यन्त्र ल्याइएको थियो । चारवटा वारुण यन्त्र तथा नेपाल प्रहरी,शसस्त्र प्रहरी र सेनाको अथक प्रयासमा दुइ घण्टा पछि आगोलाई नियन्त्रणमा लिन सफल भएको थियो ।आगालगीका कारण डिर्पाटमेन्ट भित्र रहेको कस्मटिक, इलेक्टोनिक, किराना सामान र रेडीमेड कपडा पसलमा क्षति पुगेको थियो ।

Leave a Reply

Your email address will not be published.