



नागरिक अभियन्ता डा. गोविन्द केसीले सबै न्यायलयप्रति जनताले आशा गरेको बताउनुभएको छ ।संसद विघटनविरुद्ध शनिबार माइतीघरमा बृहत् नागरिक आन्दोलनमा पुग्नुभएका केसीले गैरसंवैधानिक कामलाइ न्यायलयले सच्चाउने भन्दै न्यायालयप्रति जनताले आशा गरेको बताउनुभएको हो । संसद् नै विघटन भइसकेको अवस्थामा संविधानको रक्षा गर्ने काम न्यायालयको भएको पनि डा. केसीले बताउनुभयो ।
संवैधानिक अंगहरु जनताको सेवा गर्नका लागि बनाइएको भन्दै उहाले जनतालाई रैती बनाउनका लागि नभइ जनताका अधिकार स्थापीत गर्नका लागि भएको बताउनुभयो । आफ्नो कुर्सी हल्लिन थालिसकेपछि ओलीले संवैधानिक अगंलाई भंग गरेको उहाको आरोप छ ।दुई तिहाई मतसहितको सरकार बनाएपछि जनताका लागि काम गर्ने मुलुकमा स्थायित्व कायम हुन्छ भन्ने विश्वास लिएपनि जनताको आशाविपरीत प्रधानमन्त्री ओलीले तानशाही प्रवृत्ति देखाएको उहाले बताउनुभयो ।
