November 26, 2022

सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान सञ्चालन गर्नुपर्ने

सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको संघीय नमूना युवा संसद अभ्यासको उद्घाटन गर्दै सभामुख सापकोटाले अहिले सामान्य मान्छेले चूनाव लड्नै नसक्ने गरि खर्च हुन थालेको र चूनावमा विकृति र विसंगति देखिन थालेको भन्दै यसको अन्त्यका लागि युवाहरुले अभियान नै सञ्चालन गर्नुपर्ने बताउनुभएको हो । हालै भएको स्थानीय तहको निर्वाचनमा काठमाडौंको र अन्य स्थानको बिश्लेषण गर्दा विद्यमान परिस्थितिबाट जनताहरु सन्तुष्ट नदेखिएको उहाले बताउनुभयो । उहाले जनताहरुको भावनालाई नेपालका राजनीतिक पार्टी र नेतृत्वमा बसेकाहरुले बुझ्न नसके आगामी चूनावमा अर्कै परिस्थीति आउन सक्ने धारणा राख्नुभयो । त्यस्तै उहाले चुनावलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न र असल, इमान्दार उम्मेदवारलाई जिताउनका लागि युवाहरुले गरेको नमूना संसद अभ्यासले महत्वपूर्ण योगदान गर्ने जिकिर गर्नुभयो ।

सभामुख सापकोटाले अहिलेको समयमा सहि बिचारका साथ अघि बढ्न युवाहरुलाई सुझाव पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published.