July 26, 2021

सबै दलको सहमतिमा काङ्ग्रेसले नै पार लगाउने

Nepali Congress - Wikipedia

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ्गले देशमा देखिएको हालको राजनीतीक तरलतालाई सहि बाटोमा लैजानको लागि काङ्ग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलय बुटवलले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता गुरुङ्गले काङ्ग्रेस पार्टी जनताको र राष्ट्रको हितमा सधै उभिने पार्टी भएकोले अहिले देखिएको राजनितिक तरलतालाई पनि सबै दलको सहमतिमा काङ्ग्रेसले नै पार लगाउने बताउनुभएको हो ।

कुनै पनि दलको बहुमत नभएको र अहिलेको संसद कुन दिशामा जान्छ भन्ने कुनै निक्र्यौल नभएका कारण पनि तत्काल सरकार समीकरण नहुने उहाको भनाई छ । मुलुक र संसदको कार्यदिशा प्रष्ट भएपछि मात्रै कांग्रेसले सरकार बनाउन कुन दलसगँ सहकार्य गर्ने वा नगर्ने बारे जानकारी दिने उहाले बताउनुभयो । नेता गुरुङ्गले नेपाली काङ्ग्रेसको १४ औ माहाधिवेशनमा केन्द्रिय सभापतिमा आफ्नो उमेदवारी रहने दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.