March 28, 2024

सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय

Nepal closes land border with India, China | Nepali Times

सरकारले राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको केपी ओली नेतृत्वको सरकारले राजनीति तवरबाट गरेको नियुक्त गरेका सवै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । त्यस्तै बैठकले कर्णाली करिडोर अन्तर्गत सल्लीसल्लाह सिमिकोट खण्डको दुल्लीकुनादेखि लालीबगर सडकखण्डको सात किलोमिटर र लैफुबद्रीगाँउदेखि हुक्का खोलासम्म १३ दशमलव ५ किलोमिटरमा ट्रयाक निर्माण कार्य सेनाबाट गराउन स्वीकृति दिने निर्णय गरेको छ ।

कोभिड १९ संकट व्यवस्थापन गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने निर्णय बैठकले गरेको छ भने औषधी ऐनलाई संशोधन गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । त्यस्तै बैठकले संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने प्रतिनिधिमण्डलको पनि गठन गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

Nepal's cabinet goes for paperless governance functioning for 1st time -  Xinhua | English.news.cn

Leave a Reply

Your email address will not be published. Required fields are marked *