January 19, 2022

सबै समुदाय एक भएर नेपालको विकासका लागि अघि बढ्नुपर्ने

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सबै समुदाय एक भएर नेपालको विकासका लागि अघि बढ्नुपर्ने बताउनुभएको छ । तमु ल्होसारका अवसरमा काठमाडौंको बिहीबार टुँडिखेलमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको भन्दै सबै समुदाय एक भएर नेपालको विकासका लागि अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाले विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख गर्नुभयो । विविधता भित्रको एकता र समाजिक सद्भाव सांस्कृतिक अभ्यासका उदाहरण रहेको भन्दै उहाले सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा गुरुङ समूदायमा रहेर समाजमा उल्लेख्य काम गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.