December 1, 2023

सभापति शेरबहादुर देउवाले मुलुकमा शासन गर्न मन लागे चूनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाइ चूनौति

KP Sharma Oli out, SC orders Sher Bahadur Deuba to be made PM - Times of  India

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा शासन गर्न मन लागे चूनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाइ चूनौति दिनुभएको छ । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले पूर्वराजा वर्तमान व्यवस्थाको विरुद्धमा लागेको भन्दै मुलुकमा शासन गर्न मन लागे चूनाव लड्न चूनौति दिनुभएको हो । उहाले देश प्रजातन्त्रको पक्षमा गइसकेको र प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताउनुभयो । त्यस्तै प्रधानमन्त्री देउवाले मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएको उल्लेख गर्दै जनता नै देशको मालिक भएको बताउनुभयो । उहाँले निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोग रहेको र निर्वाचनमा भएको हारजितलाई सबैलाई स्वीकार गर्नुपर्ने धारणा पनि राख्नुभयो । नेपालको संविधान विश्वमै समावेशी भएको र यसले सबै वर्ग र समुदायको समावेशिताको व्यवस्था सुनिश्चित गरेको उहाँले बताउनुभयो ।प्रधानमन्त्री देउवाले हालै सम्पन्न आफ्नो जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको भ्रमणका दौरान विश्वमा नै पेट्रोलियम पदार्थको विस्थापनसम्बन्धी बहस भएको जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समय नेपाल जलवायु परिवर्तनको चपेटामा परेको उल्लेख गर्दै यसबाट बचाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा प्रधानमन्त्री देउवाले २०६२÷६३ को जनआन्दोलन सफल पार्न आम प्राध्यापकको नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाल प्राध्यापक सङ्घका तत्कालीन अध्यक्ष प्रा खगेन्द्रप्रसाद भट्टराईलाई स्वर्ण पदकबाट विभूषित गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *