November 30, 2023

सभामुख र संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई भेटेर ज्ञापनपत्र बुझाएको

Lawyers stage protest demanding resignation of Chief Justice Rana (With  Photos) – Nepal Press

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले सभामुख र संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । सोमबार सिंहदरबारमा बारका पदाधिकारीहरुले प्रधानन्यायाधीशको रुपमा रहेर जबराले चरम भ्रष्टाचार गरेको भन्र्दै महाभियोग लगाउनुपर्ने १७ कारण खुलाउदै सभामुख र संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई ज्ञापन पत्र बुझाएको हो । सभामुख अग्नी सापकोटालाई ज्ञापन पत्र बुझाउँदै बारका महासचिव लीलामणी पौडेलले आफ्नो स्वार्थका कारण प्रधानन्यायधीले अदालतलाई आफुखुसी ढंगले चलाएको बताउनुभयो । उहाले न्यायलयलाइ भ्रष्ट बनाउने प्रधानन्यायधिशलाई महाभियोग लगाउनुपर्ने भन्दै ज्ञापन पत्र बुझाउन आएको जानकारी दिनुभयो । ज्ञापन पत्र बुझ्दै सभामुख सापकोटाले न्यायालयको विषयमा बुझ्ने प्रयास गरिरहेको भन्दै आवश्यक सहयोग गर्ने धारणा राख्नुभयो । उहाले न्यायलयका बिषयमा आफ्नो भूमिका निष्पक्ष, स्वतन्त्र र तटस्थ रहने उल्लेख गर्नुभयो । त्यस्तै बारको टोलीले नेकपा एमालेसमक्ष पनि ज्ञापन पत्र बुझाएको हो । सिंहदरबारमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई बारले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै नेम्वाङले बारको आन्दोलनमाथि प्रहरी हस्तक्षेप भएकोमा आफूलाई दुख लागेको बताउनुभयो ।

न्यायलयका समस्या समाधानका लागि पार्टीको ध्यानाकर्षण गराउन पहल गर्ने उहाको भनाई छ । त्यस्तै सोमबार नै बारले माओवादी केन्द्र समक्ष पनि ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै माओवादी प्रमुख सचेतक देव गुरुङले न्यायलयमा देखिएको समस्या छिटो भन्दा छिटो समाधान गदै निकास दिनुपर्ने धारणा राख्नुभयो । उहाले यस बिषयमा पार्टीभित्र छलफल गर्ने जानकारी दिनुभयो । बारले सोमबार नै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना , जसपा, लोसपा, जनमोर्चालाई पनि ज्ञापन पत्र बुझाएको छ । गत १४ कात्तिकदेखि नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *