


नेपाल बिद्यार्थी संघले निषेधाज्ञाका कारण समस्यामा परेका विद्यार्थी र सर्वसाधारणहरुलाई राहत बितरण गरेको छ ।शुक्रबार नेविसंघ शंकरदेव क्याम्पसले बिभिन्न जिल्लाबाट अध्ययनका लागि काठमाडौं आएर बसेका बिद्यार्थी र समस्यामा परेका सर्वसाधारणहरुका लागि खाधान्न सामाग्री बितरण गरेको हो । निषेधाज्ञाका कारण काठमाडौंमा बसेका बिद्यार्थीहरुलाई दैनिक जिवनयापन गर्न निकै गाह््रो भएको भन्दै राहत बितरण गरिएको नेविसंघ शंकरदेव क्याम्पसका अध्यक्ष विवेक लामाले जानकारी दिनुभयो ।
उहाले बिद्यार्थीहरुलाई राहत दिनका लागि बिभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको र समस्यामा परेका बिद्यार्थीलाई राहत उपलव्ध गराइएको बताउनुभयो ।उहाले दैनिक जिवनयापन सहज नभएसम्म बिद्यार्थी लगाएत समस्यमा परेकालाई सहयोग गर्ने जनाउनुभयो ।
