November 30, 2023

समाजलाई अग्रगति दिने उदेश्यलाई पुरा गर्न सवै मिलेर अघि बढ्नुपर्नेछ: सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाजलाई अग्रगति दिने उदेश्यलाई पुरा गर्न सवै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । सोमबार सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलका क्रममा सभामुख घिमिरेले संसदको भूमिका समाजलाई अग्रगति दिने उदेश्यलाई पुरा गर्ने भएकाले यसमा सञ्चारजगत लगाएत सवै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।उहाले बिभिन्न ऐन निर्माण गर्ने बिधेयकमा छलफल वा नयाँ केहि निर्णय गर्ने बिषयमा पनि आफु समझदारीमा नै अघि बढ्ने धारणा राख्नुभयो । देश निर्माणका लागि यसअघि गरिएका प्रयत्नहरुलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुको बिकल्प नभएको उहाको भनाइ छ ।

सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउनका लािग पनि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । संसदको रिर्पोटिङका क्रममा देखिएका समस्याहरुलाई पनि समाधान गर्दै लैजाने उहाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *