October 29, 2021

समाजवादी क्रान्तितर्फ मुलुक अघि बढेको

Image result for griha mantri

गृहमन्त्री रामबहादुर थापाले समाजवादी क्रान्तितर्फ मुलुक अघि बढेको बताउनुभएको छ ।२६औँ जनयुद्ध दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले समाजवादी क्रान्तिको नेतृत्व जनताले राजनीतिक नेतालाई दिएको समेत बताउनुभयो । अब समाजवादी क्रान्तिका लागि सशस्त्र स्वरुपको अभ्यास गर्नु जरुरी नरहेकाले शान्तिपूर्ण तवरबाट समाजवादी क्रान्ति अघि बढाउनु जरुरी रहेको बताउनुभयो ।उहाँले यसमा प्रतिक्रियावादी वर्गले प्रतिरोध गर्नैतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले जनतालाई जागरण दिन सफल अभियानका रूपमा जनयुद्धलाई लिनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले नेपालको जनक्रान्तिमा निर्णायक भूमिका जनयुद्धको रहेको तर त्यसअघिका धेरै जनवादी क्रान्ति असफल भएको जिकिर गर्नुभयो ।शान्तिपूर्ण र सङ्घर्षात्मक रूपलाई संयोजन गरेर आन्दोलन शुरु भएको र त्यसैको प्रतिफल विसं २०६२÷६३ का आन्दोलनले गणतन्त्र ल्याएको उहाँले बताउनुभयो

Leave a Reply

Your email address will not be published.