October 24, 2021

समाज निर्माणका लागि समाजका सबै पक्षको ध्यानाकषर्ण

Bidya Devi Bhandari: Nepal president Bidya Devi Bhandari arrives in Delhi -  The Economic Times

राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकषर्ण गराउनुभएको छ ।१११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा बिहीबार काठमाडौंमा आयोजित समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने र त्यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रपति भण्डारीले त्यसका लागि राज्यका कार्यान्वयन गर्ने निकाय सकारात्मकरुपमा थप क्रियाशील बनाउनुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो ।मुलुकले हासिल गरेका हालसम्मका उपलब्धिलाई रक्षा गर्दै लैङ्गिक उत्तरदायी हिसाबले शासन पद्धतिलाई स्थानीय तहदेखि नै संस्थागत गरी अगाडि बढेमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने कुरामा आफू विश्वास्त रहेको उहाँले बताउनुभयो । महिला अधिकार तथा लैङ्गिक समानताका लागि पूर्णप्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तरराष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published.