December 6, 2022

समानुपातिक सूचीमा अपाङ्ग, पिछडा वर्ग, दलित, महिला, र सिमान्तकृत समुदायलाई सहभागी नगराएकोमा आपक्ति

राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नेपालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समानुपातिक सूचीमा अपाङ्ग, पिछडा वर्ग, दलित, महिला, र सिमान्तकृत समुदायलाई सहभागी नगराएकोमा आपक्ति जनाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर निर्वाचनको समानुपातिक सूचीमा सहभागी नगराएकोमा सर्वोच्च अदालतमा रिट दर्ता गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नेपालका अध्यक्ष नीलकण्ठ पौडेलले आगामी निर्वाचनका लागि समानुपातिक सूचीमा अपाङ्ग, पिछडा वर्ग, दलित, महिलालगायतलाई सहभागी नगराएको बताउनुभयो । समानुपातिक सूचीमा अपांग तथा महिलाहरुको सहभागिता कम रहेको उहाको दाबी थियो । उहाले सो विषयमा सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरिरहेको सुनाउनुभयो । अपांग तथा असहायहरुलाई पाखा लगाएर प्रतिनिधि सभाको निर्वाचन गर्न लागिएको भन्दै उहाले आपक्ति जनाउनुभयो ।

काठमाडौं–२ बाट उम्मेदवारी दिएकी भगवती ढकालले स्वास्थ्य, शिक्षा, रोजगार र देशको भौगोलिक विकासको लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published.