June 14, 2024

समानूपातिक सूची सर्वसम्मत रुपमा नै तयार पारेको छ: प्रवक्ता प्रकाशशरण महत

नेपाली कांग्रेसले आसन्न निर्वाचनको समानूपातिक सूची सर्वसम्मत रुपमा नै तयार भएको स्पष्ट पारेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले समानूपातिक सूची एकलौटी रुपमा उम्मेदवार छनोट भएको भन्ने कुरामा कुनै सत्यता नरहेको र सर्वसम्मत रुपमा नै सूची तयार पारिएको दावी गर्नुभएको हो । महतले कसैलाई कमजोर र कसैलाई बलियो पर्ने गरी सूची तयार नपारिएको र विधानअनुसार सूची बनाइएको जिकिर गर्नुभयो । समानूपातिक सूचीलाई लिएर गर्ने भनिएको आन्दोलनको कुरा वाञ्छनीय नरहेको भन्दै उहाले केहि त्रुटी भए सच्याइने जानकारी दिनुभयो । त्यस्तै उहाले पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई पार्टीको निर्णयअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्णरुपमा क्रियाशिल हुन पनि निर्देशन दिएको बताउनुभयो । सिट बाँटफाँड सकिएलगत्तै नेपाली कांग्रेसले लिएका क्षेत्रहरुमा प्रत्यक्ष तर्फको उम्मेदवार टुङ्गो लगाइने उहाले बताउनुभयो । महतले पाँच दलिय गठबन्धनमा केहि दिन भित्रै सिट बाँटफाँडको टुङ्गो लाग्ने जानकारी दिनुभयो ।

कांग्रेसले मन्त्रीहरु पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा हुनुभएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिड्न नपाउने भन्ने कुरा व्यहारिक नरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *