June 21, 2024

सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको छ: इश्वर पोखरेल

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको बताउनुभएको छ । सोमबार काठमाडौंको बिशालनगरमा पुनर्निर्मित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले संसद संसद, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आएको बताउनुभएको हो ।उहाले राजनीतिक दलहरुमा पनि बिकृति पैदा भएकाले खवरदारी गर्नुपर्ने बेला आएको बताउनुभयो । मुलुकलाई सहि दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्ने उहाको भनाई छ । उहाले दलिय प्रणालीलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने जिकिर गर्नुभयो । त्यस्तै बागमती प्रदेश सांसद नारायण सिलवालले मापदण्डको पूर्वजानकारी नराखि काठमाडौं महानगरले आतंक फैलाएर संरचना भत्काउने काम गरेको बताउनुभयो ।

उहाले एक जना व्यक्ति पनि अन्यायमा नपर्ने गरि महानगरले आफ्नो काम अघि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाले आतंकको रुपमा नभई सचेतना फैलाउदै सार्वजनिक सम्पतीको संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *