March 29, 2024

सरकारका कारण राज्यको तीनवटै अंग बिफल: उपाध्यक्ष सुवास नेम्वाङ

नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग बिफल भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एशोसिएट प्रदेशको संयुक्त प्रथम अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले सरकार र संसदले केहि काम गर्न नसकेको र अदालतलाई पनि सरकारले काम गर्न नदिएको बताउनुभयो । उहाले अहिलेको अवस्थामा संविधान बमोजिम चूनाव हुनुपर्ने र जनताले नै फैसला गर्ने भन्दै गठबन्धन दलहरु चूनावमा जान डराईरहेको धारणा राख्नुभयो । आफुहरुले गल्ती गरेको भए निर्वाचनमा जनतामाझ शिर निहुराउन आफुहरु तयार रहेको भएपनि गठबन्धन दलहरु अझै पनि निर्वाचन सार्ने सोचमा रहेको उहाले बताउनुभयो । नेम्वाङले एमसीसी अनुमोदनका समयमा सरकारमा बस्ने दलहरुले दोहोरो चरित्र देखाएको आरोप समेत लगाउनुभयो ।

उहाले एमाले नेतृत्वको सरकारले गरेको असाधारण बिकासप्रति डराएर षडयन्त्रपूर्वक सरकारबाट हटाएको तर्क गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *