July 30, 2021

सरकारको नेतृत्व सम्हाल्दा अर्थतन्त्र अस्तव्यस्त

Image result for oli's new office

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बाँकी कार्यकाललाई ‘राजनीतिक अस्थिरताको खेल मैदान’ हुनबाट जोगाउन ताजा जनादेशमा जाने निर्णय गरिएको बताउनुभएको छ । आफु नेतृत्वको सरकार गठन भएको तीन बर्ष पुरा भएको अवस्थामा सरकारका प्रमुख उपलव्धीका बारेमा सिंहदरबारबाट जानकारी गराउदै प्रधानमन्त्री ओलीले विगतमा भएका ‘विश्वास, अविश्वास, विभाजन र समीकरणका अस्वस्थ खेल’ सम्झिएर नै ताजा जनादेशको निर्णयमा पुगेको बताउनुभएको हो । प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुअघि धेरै पटक सोचेको उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नै पार्टी नेकपाका अर्को पक्षले समानान्तर सत्ताको अभ्यास गरेको तथा सकेसम्म अल्मल्याउने, अल्मल्याउन नसके निहुँ खोजेर कामै गर्न नदिने तहमा उनीहरु पुगेको आरोप लगाउनुभयो । आप्mनै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री बिरुद्ध अचानक फौजदारी अभियोग वितरण गरी पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सके विस्थापन गर्ने बाटोमा हिँड्न तम्सिरहेका नेताहरुलाई सम्झाउने र स्थितिलाई परिवर्तन गर्ने प्रयत्न गरेपनि आफु असफल भएको उहाले बताउनुभयो झण्डै ३ बर्षदेखि संवैधानिक आयोगहरु पदाधिकारीबिहीन भएको, संसदमा पेश भएका बिधेयकलाई संसदमा छलफल हुन नदिएको उहाले गुनासो गर्नुभयो । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको ‘शीघ्र निर्माण’का लागि मस्यौदा गरिएको ‘विकास सम्बन्धी विधेयक’ र ‘सार्वजनिक खरिद ऐनलाई संशोधन गर्ने बिधेयक’लाई समेत रोक्ने प्रयास भएको उहाले बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको सिफारिसलाई ‘संविधान विपरीत, जनादेशको अपहेलना, प्रतिगमन जस्ता आपत्तिजनक आरोप लगाइएको भन्दै कोही उल्टोतिर नफर्केको अवस्थामा प्रतिगमन भयो भनेर भन्न नमिल्ने तर्क गर्नुभयो । उहाले बैंशाखमा निर्वाचन हुने भन्दै सरकार सञ्चालनका लागि, जनतालाई फेरि एकपटक आपूmले रुचाएको दलको छनोट गर्ने मौका मिलेको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व सम्हाल्दा अर्थतन्त्र अस्तव्यस्त भएपनि अहिले ट्र्याकमा आएको बताउनुभयो । चालू आर्थिक बर्षको पहिलो ६ महिनाका केही तथ्याङ्कले अर्थतन्त्र, पुनः उच्च आर्थिक बृद्धिको बाटो समात्‍नेगरी चलायमान भइसकेको देखिएको उहाले दावी गर्नुभयो । उहाले चालू आर्थिक बर्षको ६ महिनामा शोधनान्तर वचत रु. १२४ अर्ब पुगेको बताउनुभयो । तीन बर्षको अवधिमा सार्वजनिक खर्चको आकारमा झण्डै २९ प्रतिशतले बृद्धि भएको प्रधानमन्त्रीको भनाई छ । त्यस्तै उहाले भूकम्पपछिको पुनर्निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाले सरकार गठन भएपछि प्रतिदिन करिब ५ किलोमिटर भन्दा बढीका दरले कालोपत्रे सडक निर्माण भइरहेको दावी गर्नुभयो । नागढुङ्गा– नौबिसे सुरुङ मार्गको निर्माण कार्य शुरु भएको, सिद्धबाबा सुरुङ मार्ग निर्माणको लागि बजेट व्यवस्था गरिएको, टोखा–छहरे र बेत्रावती–स्यापु्रmबेसी सुरुङ मार्ग बिस्तृत परियोजना प्रतिवेदन तयारीको चरणमा रहेको उहाले बताउनुभयो । मनकामना, चन्द्रागिरी र कालिञ्चोकपछि बुटवल लगायत देशका विभिन्न भागमा केबलकार सञ्चालनको अभियान नै शुरु भएको प्रधानमन्त्रीको भनाई छ । उहाले रासायनिक मलको अनुदानमा १२५ प्रतिशतभन्दा बढीले बृद्धि गरी बार्षिक अनुदान रु. १० अर्ब ६८ करोड ९८ लाख पु¥याइएको बताउनुभयो । त्यस्तै उहाले नेपालका ५३ विमानस्थलमध्ये बाह्रै महिना सञ्चालन हुने विमानस्थलको संख्या २९ बाट ३६ पुगेको बताउनुभयो । उहाले तराई–मधेस समृद्धि कार्यक्रमलाई विस्तार गरी १ हजार ८० सामुदायिक आवास र ४ सय ४० वटा सामुदायिक पूर्वाधार निर्माण गरिएको जानकारी दिनुभयो । त्यस्तै विद्युत् उत्पादन ३३३ मेगावाट थप भई १,४३० मेगावाट पुगेको, विद्युत्मा पहुँच पुग्ने जनसंख्या ६ प्रतिशतले बढेर ९० प्रतिशत पुगेको, विद्युत् चुहावट २५ प्रतिशतबाट १५.३ प्रतिशतमा झरेको बताउनुभयो । सरकारले यस अवधिमा सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन र वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको उहाले बताउनुभयो । अहिले राष्ट्रिय सुरक्षाको समग्र पक्ष सामान्य र समस्यारहित रहेको प्रधानमन्त्रीले दावी गर्नुभयो । सम्बोधनका क्रममा उहाले मुलुक बिकासको बाटोमा अघि बढेको र सवै क्षेत्रले बिकासको बाटो समातेको तर्क गनुृभयो ।

Leave a Reply

Your email address will not be published.