January 26, 2023

सरकारलाई विश्वासको मत दिनु गलत भएको छ: चन्द्र भण्डारी

नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठकले सरकारलाई विश्वासको मत दिनु गलत भएको निष्कर्ष निकालेको छ । आइतबार काठमाडौंमा बसेको सो पक्षको भेलाले विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको र अव सदनमा सशक्त प्रतिपक्षीको भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको हो । सरकारलाई विश्वासको मत दिएपछि अव स्पष्ट रुपमा पार्टीले कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा अधिकांशको जोड रहेको कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले बताउनुभयो । यसअघि गठबन्धन गरेर नै निर्वाचनमा गएको कांग्रेस ठूलो पार्टी हुँदा पनि सरकार बन्ने बेला गठबन्धन टुट्नु कमजोरी भएको उहाको भनाइ छ । उहाले कांग्रेस प्रतिपक्षीमा बस्ने वा राष्ट्रपति पाउछु भनेर दौडने भन्ने बिषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।

आफुहरुको छलफल कसैप्रति लक्षित नभएको र पाटीलाई बलियो बनाएर अघि बढाउनका लागि भएकाले आगामी संसदको बैठक र केन्द्रीय कार्यसमिति बैठक अघि ठोस निष्कर्ष निकाल्ने भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.