October 29, 2021

सरकारले जनभावना अनुसार नै काम गर्नुपर्ने


Prakash Man Singh: People can't trust Nepali Congress just because of its  history - OnlineKhabar English News

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस नेतृत्वको सरकारले जनभावना अनुसार नै काम गर्नुपर्ने बताउनुभएको छ ।
गणेशमान सिंहको स्मृति दिवसका अवसरमा शनिबार गणेशमान सिह फाउन्डेसनले काठमाडौंमा गरेको कार्यक्रममा नेता सिंहले कम्युनिष्टहरुले संविधानको भावना र मर्म अनुसार काम गर्न नसकेकै कारण कांग्रेस नेतृत्वको सरकार बनेको भन्दै सरकारले जनताको भावना अनुसार काम गर्नुपर्ने बताउनुभएको हो । उहाले गठबन्धन दलहरुबीच कुरा नमिल्दा मन्त्रिमण्डले पूर्णता पाउन नसकेको भन्दै छिटै सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । नेता सिंहले पार्टीको १४ औं महाधिबेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने दावी गर्नुभयो । उहाले पार्टीभित्र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका स्थानमा बिधिबिधान अनुसार नै अधिवेशन हुनुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाले महाधिवेशनमा साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागी निरन्तर छलफल भईरहेको जानकारी दिनुभयो । नेता सिंहले

नेपालको राजनीतिमा गणेशमान सिंहले पुराउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेता सिंहल लगाएतका नेताहरुले गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए । १९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो। गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो । २०१७ सालमा शाही शासन सुरु भएपछि आठ वर्ष निरन्तर कारावासको सजाय भोगेकाले उहाँलाई लौहपुरुष पनि भनिन्छ । गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.