May 23, 2022

सरकारले पुँजीगत खर्च गर्न सकेन: पूर्व अर्थमन्त्री महत

PM Deuba confuse dismiss Maoist ministers from cabinet - Ram Sharan Mahat |  The power news

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको बताउनुभएको छ । रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको र यस्तो बेला सरकारले पुँजीगत खर्च गर्न नसकेको बताउनुभएको हो । अनपयुक्त रुपमा नेपालमा बजेट धेरै ठूलो घोषणा गर्ने काम भएको भन्दै उहाले आपत्ती जनाउनुभयो । वर्तमान आर्थिक वर्षमा १६ खर्बको बजेट रहेको र गएको ७ महिनाको रिपोर्ट हेर्दा जम्मा ५ खर्बमात्रै खर्च भएको तथ्यांक रहेको उहाले बताउनुभयो । महतले विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स पनि कम भएको र विकास आयोजनाहरुको सही तवरले कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

आर्थिक विकासको लागि आर्थिक वृद्धिद्धर बढाउनुपर्ने उहाले बताउनुभयो । उहाले नेपालको तुलनात्मक फाईदालाई उपयोग गर्नसक्ने कुरा धेरै रहेको स्मरण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published.