July 28, 2021

सरकारले लागू गरेको निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन

UK businesses plead for help after latest England lockdown | Hindustan Times

जिल्ला प्रशासन कार्यालय काठमाडौले सरकारले लागू गरेको निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको जनाएको छ ।निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केहि भीड देखिएपनि समग्रमा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको प्रशासन कार्यालयले जनाएको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले राजमार्गमा होल्डमा परेका यात्रुहरुलाई सहजीकरण गर्दै गन्तव्य स्थलमा पुराइसकिएको बताउनुभयो ।

उहाले कलंकी र बसपार्कमा पनि अलपत्र परेको यात्रु नभेटिएको भएपनि कोहि यात्रु अलपत्र परेको पाइए उद्धार गरिने जानकारी दिनुभयो ।त्यस्तै प्रशासन कार्यालयमा पासका लागि भिड भएको भन्दै उहाले अत्यावश्यक कामका लागि प्रहरीले सहजीकरण गर्ने र पासका लागि प्रशासन कार्यालय आउन नपर्ने बताउनुभयो ।कोरोना संक्रमितको संख्या बढेपछि सरकारले बैशाख मसान्तसम्म उपत्यकामा निषेधाज्ञा लागू गरेको छ ।

Leave a Reply

Your email address will not be published.