March 28, 2024

सरकारले सय दिनमा गरेको काम सन्तोषजनक

Congress Samsadiya Dal ko Neta ma Sher Bahadur Deuwa - Report - YouTube

कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सरकारले सय दिनमा गरेको काम सन्तोषजनक रहेको बताउनुभएको छ । रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले सरकारले क्यान्सर, मिर्गोला र स्पाईनल कडको विरामीलाई पाँच हजार दिने व्यवस्था गर्नु सकारात्मक काम भएको बताउनुभएको हो । उहाले मुलकलाई बिकासको बाटोमा अघि बढाउन सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । उहाले नेपालमा कानूनले काम गर्न नसकेको पनि टिप्पणी पनि गर्नुभयो । भण्डारीले नेपालका कम्युनिष्टहरुमा विद्रोही नेचर भएको र सदन अवरुद्ध त्यसैको उदाहरण भएको बताउनुभयो ।त्यस्तै एमाले पार्टी कार्यालयका सचिव, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले शेरबहादुर देउवाको सरकारको सय दिनमा हरेक दिनमा फेलियर देखिएको तर्क गर्नुभयो ।

उहाले सदन सुचारु गर्नको लागि आफूहरु सत्तापक्षीय र प्रतिपक्षी भएर वार्ता गर्न तयार रहेको धारणा राख्नुभयो ।त्यस्तै माओवादी नेता दिनानाथ शर्माले वर्तमान सरकारको सय दिनको समिक्षा गर्दा यसले राम्रो काम गरेको भन्दै निराश हुनुपर्ने ठाउँ नरहेको बताउनुभयो । सरकारको सय दिनको कुरा गर्दा अरु कामले प्राथमिकता पाउन भने नसकेको उहाको भनाई छ ।उहाले अहिले नेपालका पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएको पनि टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *