December 4, 2022

सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणापत्र स्वीकृत

सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणापत्र स्वीकृत गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणापत्र स्वीकृत गर्दै संस्थान सुझावसम्बन्धी समिति गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपञ्छी बिकास मन्त्रालयमा कार्यरत सहसचिव कालीप्रसाद पराजुलीलाई तोक्ने निर्णय गरेको छ । त्यस्तै कार्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने इन्टरपोलको ९० औं महासभामा सहभागी हुन प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो । मन्त्रीपरिषद्ले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण आयोजनाको लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भीक कारवाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको उहाले बताउनुभयो ।

त्यस्तै बैठकले मन्त्रीपरिषद्को यसअघि २०७७ साल कार्तिक २७ को निर्णय बमोजिम विराटनगर बिमानस्थलका लागि १२६ दशमलव ४६ विधा जग्गा अधिग्रहण गर्न नागरिक उड्ययन प्राधिकरणलाई स्वीकृती प्रदान गर्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published.