November 26, 2022

सर्वेक्षण वेबपोर्टल भूगोलपार्क डटकमले २०४८ देखि २०७४ सम्मको सांसदहरुको तथ्याङ्क सार्वजनिक

सर्वेक्षण वेबपोर्टल भूगोलपार्क डटकमले २०४८ देखि २०७४ सम्मको सांसदहरुको तथ्याङ्क सार्वजनिक गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर भुगोलपार्क डटकमले निर्वाचन आयोगमा भएका अहिलेसम्मका सांसदहरुको विवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भूगोलपार्क डटकमका फाउण्डर सिमोन ढुंगानाले नेपालको तथ्यांकमा नयाँ आयाम सुरू गरिएको बताउनुभयो । उक्त आयामले लोकतन्त्रलाई बलियो, सुदृढ बनाउने र जनतालाई मत दिने आधारमा निर्णय गर्ने प्वाइन्ट पनि हुने उहाँको भनाइ थियो । १६५ प्रत्यक्ष र ११० समानुपातिक उम्मेदवारहरु सबै र अब निर्वाचित उम्मेदवारहरुको प्रोफाइल पनि यसमा राखिने उनले जानकारी दिनुभयो । पुर्व प्रमुख निर्वाचन आयुक्त डा. भोजराज पोखरेलले सांसदहरुको विवरण संकलनमा चुनौती भएको बताउनुभयो । पोखरेलले देशमा विगत ३० वर्षमा धेरै कुरामा परिवर्तनको अनुभुति गर्न पाएपनि असल शासनको अनुभूति गर्न नपाएको जनगुनासो ब्यापक रहेको उल्लेख गर्नुभयो । यसैगरी, वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले देश यतिबेला लोकतन्त्रको महापर्व निर्वाचनमा होमिएको बताउँदै निर्वाचनमा उत्साहजनक सहभागिता जनाउन अपिल गर्नुभयो । त्रिपाठीले नेताहरुबाट देशको विकास हुने आशा गर्नुनै जनताको मुुर्खता भएको धारणा राख्नुभयो ।

उहाँले आवाजविहीनहरुको लागि लोकतन्त्र भएपनि पहिला–पहिला संसद्मा महिलाहरुको उपस्थिति कम भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.