November 30, 2023

सर्वोच्च अदालतको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना

सर्वोच्च अदालत नेपाल | Supreme Court of Nepal | Chief Justice of Nepal -  Nepal Lawyer

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ ।सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिनुभयो । उहाँले अदालतको सोमबारको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको बताउनुभयो । उहाले पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट पनि र सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई बधाई र धन्यवाद दिनुभयो । प्रचण्डले अदालतसंग सेटिङ आफुले नभइ केपी ओलीले गरेको र अदालतलाई प्रभाव पार्ने काम पनि ओलीले गरेको तर्क गर्नुभयो ।

पटकपटकको संसद विघटन र पटकपटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको स्थितिमा जनताको जीतको रुपमा अगाडि आएको देखेको उहाले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *