December 3, 2022

सर्वोच्च अदालतमा भएको बिरोध प्रदर्शनमा प्रहरीको हस्तक्षेप

सर्वोच्च अदालत नेपाल | Supreme Court of Nepal | Chief Justice of Nepal -  Nepal Lawyer

प्रधानन्यायधिशको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा भएको बिरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा बार एसोसिएसनका अध्यक्ष सहित केहि घाइते भएका छन् । प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै अदालतको मूल गेटमा धर्नामा बस्दै आएका कानुन व्यवसायीलाइ प्रहरीले रोक्न खोज्दा उनीहरु घाइते भएका हुन् । बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे लगाएत घाइते भएको बारले जनाएको छ । यसैबीच सवोच्चमा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै प्रधानन्यायधिशको राजीनामा नभएसम्म आन्दोलन चर्काउने जनाएको छ । बार परिसरमा भएको विरोध सभामा बारका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराइले न्यायपालिकाको स्वतन्त्रताका भएको आन्दोलनमा दंगा प्रहरी तैनाथ गरेको र हस्तक्षेप गरेको भन्दै बिरोध जनाउनुभयो । आफुहरुमाथि भएको दमनको निन्दा गर्दै थप शसक्त कार्यक्रम तय गर्ने उहाले बताउनुभयो । त्यस्तै सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्याधिश अस्ताउदो घाम भएको भन्दै कसैको दमनले आफुहरुको आन्दोलन नरोकिने जिकिर गर्नुभयो । उहाले आफुहरुको अन्तिम लडाई बाकी नै रहेको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता हरिहर दाहालले न्यायालयको शुद्धीकरणका लागि थालेको शान्तिपूर्ण आन्दोलनमा गृह र सर्वोच्च प्रशासनले दमन गरेको बताउनुभयो । उहाले आफुहरुलाई दमन गर्न खोजेपनि आन्दोलन नरोकिने उल्लेख गर्नुभयो । न्यायलयमा भ्रष्टचार मौलाएको, गोलाप्रथा लागू नगरेको, विचौलियालाई प्रश्रय दिएको लगायतका आरोप लगाउँदै बारले प्रधानन्यायधिशको राजीनामा माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन

Leave a Reply

Your email address will not be published.