March 29, 2024

सहरी विकास मन्त्री राजेन्द्र महतोको पूत्ला दहन

Kp Oli & Padhama Aryal Putla Dahan By Nepal student from Khotang - YouTube

नेपाललाई टुक्राउने अभिव्यक्ति दिएको भन्दै माधव नेपाल निकट अनेरास्ववीयुले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोको पूत्ला दहन गरेका छन् ।शनिबार काठमाडौंको नयाँ बानेश्वरमा माधव नेपाल निकट अनेरास्ववीयुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा बिद्यार्थीहरुले महतोको पुत्ला दहन गरेका हुन् ।

पदभार सम्हाल्दै महतोले नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्ने माग राखेर सरकारमा आएको धारणा राख्नुभएको थियो । बिद्यार्थीहरुले मुलुकलाई टुक्राउने अभिव्यक्तिको विरोध गर्दै पुत्ला दहन गरेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेपका क्रममा पराजुली लगाएत दर्जनबढी बिद्यार्थीहरुलाई प्रहरी नियन्त्रणमा लिएको छ । नेपाल बहुल राज्य हुनुपर्ने महतोको धारणाको विरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *