December 1, 2023

सहिदहरुले देखेको सपना अझै पुरा हुन सकेन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदहरुले देखेको सपना अझै पुरा हुन नसकेको बताउनुभएको छ । कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सहिदको सपना अझै पुरा नभएको भन्दै समाजवाद स्थापनाका निम्ती सामाजिक रुपान्तरणको अभियानको आवश्यकता रहेको बताउनुभएको हो । बिभिन्न आन्दोलनबाट संघीय लोकतान्त्रीक गणतन्त्रमा रहेको र संविधानमा अवको राज्य समाजवादउन्मुख हुने उल्लेख हुनु सानो बिषय नभएको उहाको भनाई छ । उहाले अहिले सिष्टमको कमजोरीका कारण समाज रुपान्तरण क्रान्तिकारी ढंगले नभई दिग्भ्रम र विचलनतिर गइरहेको उल्लेख गर्नुभयो । उहाले त्याग र साधनाको संस्कृति अपनाउने कुरामा प्रतिवद्ध भएमात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जली हुने पनि बताउनुभयो । कार्यक्रममा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७८ गोविन्द आचार्यलाई, कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७९ ः महेश्वर दाहाललाई प्रदान गरिएको थियो भने शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार–२०७८ ः बलराम थापा र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार–२०७९ ः लक्ष्मी पुनलाई प्रदान गरिएको थियो ।

विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्ग स्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *