



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार प्रधानमन्त्री ओलीलाई नरहेको बताउनुभएको छ ।सोमबार प्रतिनिधिसभाको बिशेष अधिवेशनमा प्रचण्डले प्रतिनिधि सभा विघटन गरेर पुन प्रतिनिधिसभामा नै विश्वासको मत माग्ने नैतिक अधिकार प्रधानमन्त्री ओलीलाई नरहेको बताउनुभएको हो ।प्रचण्डले पार्टीभित्रको नेताको विवादको मार प्रधानमन्त्री ओलीले संसद, देश र जनतामाथि थोपर्न खोजेको तर्क गर्नुभयो । अहिले विश्वासको मत लिन आएकाप्रति पनि शंका गर्दै प्रचण्डले फेरि विघटनको बाटो बनाउन होकी भन्ने आभाष भएको बताउनुभयो ।
प्रचण्डले अहिलेको अधिवेशन पनि लोकतान्त्रिक तरिकाले नबोलाएको बताउनुभयो । बजेट अधिवेशन बोलाएर त्यहीँबाट विश्वासको मत लिनुपर्नेमा त्यसो नगरेको भन्दै उहाले रोष प्रकट गर्नुभयो ।
प्रचण्डले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप लगाउनुभयो ।
