October 15, 2021

सांसदहरुको बैठकले अविलम्ब संसद् बैठक बोलाउन निर्णय

नेकपाका प्रचण्ड–नेपाल समूहको सांसदहरुको बैठकले अविलम्ब संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसद्को नियमित अधिवेशन बोलाउन माग गरेको हो ।बैठकले प्रधानमन्त्रीलाई नरहेको निष्कर्ष निकाल्दै संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अघि बढाइनुपर्नेमा जोड समेत दिएको छ ।

नेपालको संविधान बमोजिम प्रतिनिधि सभालाई विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको समेत निष्कर्ष बैठकले निकालेको नेता देव गुरुङले जानकारी दिनुभयो ।बैठकअघि गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन् । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published.