May 20, 2024

सांसदहरुले पार्टी सभापति शेर बहादुर देउवा कै नेतृत्वमा सरकार बनाउन सुझाव

नेपाली कांग्रेसका महिला सांसदहरुले पार्टी सभापति शेर बहादुर देउवा कै नेतृत्वमा सरकार बनाउन सुझाव दिएका छन् । शनिबार बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवासंग छलफल गर्दै उनीहरुले अहिलेको अवस्थामा गठबन्धनभित्रैबाट सरकार गठन हुनुपर्ने र पहिले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने सुझाव दिएका हुन् । निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो दल बनेका कारण पनि अवको सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने कांग्रेस सांसद रमा कोइराला पौड्यालले जानकारी दिनुभयो । उहाले निर्वाचनमा जादा गठबन्धनसंगै मत मागेकाले गठबन्धन बाहिरबाट सरकार बनाउन नहुनेमा आफुहरुको जोड रहेको बताउनुभयो ।

छलफलका क्रममा देउवाले गठबन्धनबीच समझदारी पूर्वक छलफल भइरहेको जानकारी गराउनुभएको थियो । आइतबारसम्ममा गठबन्धनभित्र सहमति जुट्ने सभापति देउवाले बताउनुभएको सांसद रमा कोइराला पौड्यालले जानकारी दिनुभयो ।

One thought on “सांसदहरुले पार्टी सभापति शेर बहादुर देउवा कै नेतृत्वमा सरकार बनाउन सुझाव

  1. O sistema Android permite que você faça capturas de tela sem nenhum outro software. Mas aqueles que precisam rastrear capturas de tela secretamente remotamente precisam de um rastreador de captura de tela especial instalado.

Leave a Reply

Your email address will not be published. Required fields are marked *