August 10, 2022

सांस्कृतिक क्रान्ति आफुबाटै सुरु हुने: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्प कमल दाहाल प्रचण्डले सांस्कृतिक क्रान्ति आफुबाटै सुरु हुने बताउनुभएको छ । मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा संञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदै प्रचण्डले सांस्कृतिक क्रान्ति लगाएत सवै कुरा आफुबाटै महाधिवेशन स्थलबाटै सुरु हुने बताउनुभएको हो । उहाले सांस्कृतिक क्रान्तिका लागि फिल्डमा जाने पनि बताउनुभयो । त्यस्तै माओवादी नेता मातृका यादवले नेतृत्व बिग्रनुमा सबै नेता दोषी भएको भन्दै अब समीक्षा गर्ने बेला भएको बताउनुभयो ।

उहाले अध्यक्ष प्रचण्डमात्र रुपान्तरण भएर नपुग्ने र त्यसका लागि सवै तयार हुनुपर्ने धारणा राख्नुभयो । यादवले केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.