April 15, 2024

सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि सुरु हुने

सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि सुरु हुने भएको छ । नेपाल भलिबल संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पुस २४ देखि माघ १ गतेसम्म च्याम्पियनसिप आयोजना गरिने जानकारी दिएको हो । प्रतियोगीतामा पुरुषतर्फ १५ र महिला तर्फ ८ टीम सहभागी हुने संघले जनाएको छ । प्रतियोगिताको विजेताले ४ लाख , उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउने संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् । संघका अध्यक्ष चन्दले सिमित बजेटको बाबजुत संघले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीता गर्न सफल भएको बताउनुभयो । उहाले भलिवलको जुनियर टिमहरुको फर्मेशन गर्ने काम पनि सुरु भइसकेको जानकारी दिनुभयो । चन्दले संघका सवै गतिविधिहरु पारदर्शी रहेको पनि दावी गर्नुभयो ।

त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी–एनभीए क्लब लिग खेल्न पाउने छन् । प्रतियोगीता सम्पन्न गर्न करिव ४६ लाख लाग्ने अनुमान गरिएको संघले जनाएको छ ।

15 thoughts on “सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि सुरु हुने

  1. Une fois la plupart des téléphones mobiles éteints, la restriction relative à la saisie d’un mot de passe incorrect sera levée. À ce stade, vous pouvez accéder au système par empreinte digitale, reconnaissance faciale, etc.

  2. Afin de dissiper complètement vos doutes, vous pouvez savoir si votre mari vous trompe dans la vraie vie de plusieurs manières et évaluer les preuves spécifiques dont vous disposez avant de soupçonner que l’autre personne vous trompe.

Leave a Reply

Your email address will not be published. Required fields are marked *