January 19, 2022

साना दलको पछि नभइ आफ्नै सिद्धान्तमा अघि बढ्न कांग्रेसलाई सुझाव

KP OLI Loud Opposition | New Spotlight Magazine

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साना दलको पछि नभइ आफ्नै सिद्धान्तमा अघि बढ्न कांग्रेसलाई सुझाव दिनुभएको छ । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले कांग्रेसलाई अरुको नीतिको पछाडि नभई आफ्नै सिद्धान्तमा अघि बढ्न सुझाव दिनुभएको हो । उहाले केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता रहेको जिकिर गर्नुभयो । त्यस्तै सरकारबाट हट्नुपर्ने चिन्ता केहिलाई भएको तर एमाले कांग्रेससंगै रहेपनि सरकारको चिन्ता नरहेको बताउनुभयो । ओलीले एमाले एक्लै हिड्न रहर नगर्ने भएपनि अरुको भरमा राजनीति नगर्ने तर्क गर्नुभयो । उहाले आज पनि नेपालका नागरिक स्वाभिमान बिर्सिने, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मान्ने परिपाटी देखेर आफु अचम्मित भएको धारणा राख्नुभयो ।

कोही जन्मिँदै शासक भएर जन्मिन्छ भन्ने निराधार सिद्धान्त नागरिक स्वाभिमान विपरीत सिद्धान्त भएकाले मान्य नहुने उहाले बताउनुभयो । एमाले अध्यक्ष ओलीले आफूहरू प्रतिपक्षमा भए पनि विकासका काममा आफ्नो साथ सधैं रहिरहने स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published.