December 5, 2023

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफुहरुको माग पुरा नभए तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले माघ २८ गतेसम्म आफुहरुको माग पुरा नभए तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । सामुदायिक वनका काठ लगाएत वन पैदावारको परिचालनमा लगाइएको सवै खाले प्रतिवन्धहरु हटाउनुपर्ने लगाएतका माग गर्दै निरन्तर वन परिसरमा विरोध प्रदर्शन गर्दै आएको महासंघले आफुहरुको माग पुरा नभए तेश्रो चरणको आन्दोलन सुरु गर्ने चेतावनी दिएको हो । माघ २८ गतेसम्म परिसरमा विरोध प्रदर्शन गर्ने र आफुहरुको माग पुरा नभए अर्को चरणको आन्दोलन गर्ने महासंघको भनाई छ । महासंघले वन ऐन २०७६ संग बाझिएका केहि निर्देशिका तथा कार्यबिधिहरु खारेज गर्नुपर्ने भन्दै सामुदायिक वनका काठ लगाएत वन पैदावारको परिचालनमा लगाइएको सवै खाले प्रतिवन्धहरु तत्काल हटाउन माग गरेको छ ।

त्यस्तै महासंघले चुरे वातावरण संरक्षण क्षेत्र खारेज गरि सामुदायिक वनका माध्यमबाट नै चुरे संरक्षण गर्ने वातावरण सिर्जना गर्न पनि माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *