August 2, 2021

सुरक्षाप्रमुखलाई जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन

Country in test: Home Minster Thapa-The Times Of Nepal : The Times of Nepal  – TON

गृहमन्त्री बिष्णु पौडेलले जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिनुभएको छ ।शुक्रबार मन्त्रालय पुगेर मन्त्रालयको कार्यभार सम्हाल्दै गृहमन्त्री पौडेलले सुरक्षा निकायका प्रमुखलाई जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिनुभएको हो । उहाले मातहतका कार्यालयको काममा आफुले हस्तक्षेप नगर्ने तर आफुलाई नतिजा चाहिने जिकिर गर्नुभयो ।मन्त्री पौडेलले व्यक्तिगत हितको काममा आफुलाई भेट्न नआउन निर्देशन दिनुभयो । त्यस्तै उहाले अदालतमा भएका मुद्धा र राजनीतिक परिस्थीतको प्रभाव गृह प्रशासनमा पार्न नहुने भन्दै नियमित काममा केन्द्रीत हुन पनि निदेशन दिनुभयो । गृहमन्त्री पौडेलले मनसुनको अवस्थामा हुन सक्ने प्राकृतिक प्रकोपपछिको उद्धारको काममा तयारी अवस्थामा जुट्न निदेशन दिनुभयो । उहाले अहिले दलीय व्यवस्थाको निर्दलिय परिभाषा गर्ने चेष्टा भएको भन्दै दलिय व्यवस्थाप्रति गहिरो प्रतिवद्धता रहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गर्दै उपप्रधानमन्त्री समेत रहेका पौडेललाई गृहसहित अर्थ मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति र जलस्रोत तथा सिंचाई गरि ५ मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.