August 1, 2021

सुशासन समितिले झुटा वा भ्रामक प्रसार र विज्ञापन गर्न नहुने

digo-bikash-samiti - चारदिशा

राष्ट्रिय सभा अन्र्तगत दिगो विकास तथा सुशासन समितिले झुटा वा भ्रामक प्रसार र विज्ञापन गर्न नहुने बताएको छ ।समितिको शुक्रबार बसेको बैठकले औषधीको प्रयोग गरेवापत भुटा प्रचार तथा विज्ञापन गर्न नहुने बताएको हो । बैठकमा भञ्सार विभागका महानिर्देशक शिशिर घिमिरेले भञ्सारमा क्वारेन्टाइन नभएकाले समस्या भएको बताउनुभयो । उहाले भञ्सारमा क्वारेन्टाइन पास नभएका वस्तुले उपभोक्ताको स्वास्थ्यमा खतराउत्पन्न गर्ने बताउनुभयो । घिमिरेले ९० प्रतिशत वस्तुको मुल्य व्यवसायीहरुले घोणा गरेको मुल्य अनुसार मात्रै जाच पास हुने गरेको र १० प्रतिशतमा मात्रै विवाद हुने गरेको जानकारी दिनुभयो ।

बैठकमा औषधि व्यवस्था विभागका महानिर्देक भरत भट्टराईले बजारमा औषधीको मूल्य निर्धारण नेपाल सरकारले गरेको जानकारी दिदै औषधी ऐनको संशोधन गर्न नीति,नियम र कार्यक्रम तर्जुमा गर्नुपर्ने बताउनुभयो ।उहाले संबैधानिक व्यवस्था अनुसार आफुहरुले निरन्तर विभिन्न कार्यक्रमहरु गरेको बताउदै २५ हजार भन्दा बढि औषधी पसलहरु रहेको जानकारी दिनुभयो । भट्टाइले बजेट तर्जुमा गर्दा समान रुपमा गर्नु सुझाउनुभयो ।

Leave a Reply

Your email address will not be published.